बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

ऐतिहासिक अभ्यासमा परिवर्तन : प्रधानमन्त्री बालेन शाहले २० देशका विदेशी दूतसँग सामूहिक भेट गर्ने

बुधबार, चैत २५ २०८२
ऐतिहासिक अभ्यासमा परिवर्तन : प्रधानमन्त्री बालेन शाहले २० देशका विदेशी दूतसँग सामूहिक भेट गर्ने

परम्परागत अभ्यास तोड्दै प्रधानमन्त्री बालेन शाह ले काठमाडौंस्थित विदेशी दूतहरूसँग एकैपटक सामूहिक भेट गर्ने तयारी गरेका छन्। यो हालैका वर्षहरूमा यस्तो प्रकारको भेट हुने पहिलो मानिएको छ।

काठमाडौं- परम्परागत अभ्यास तोड्दै प्रधानमन्त्री बालेन शाहले काठमाडौंस्थित विदेशी दूतसँग एकैपटक सामूहिक भेट गर्ने तयारी गरेका छन्। 

सामान्यत: सरकार परिवर्तन भएपछि नयाँ प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेलगत्तै व्यक्तिगत रूपमा विदेशी राजदूतसँग भेट्ने प्रचलन रहँदै आएको थियो। तर प्रधानमन्त्री शाहले चैत १३ मा पदभार ग्रहण गरेपछि अहिलेसम्म कुनै पनि दूतसँग व्यक्तिगत भेट गरेका छैनन्।

भारत, चीन, अमेरिका, जापान, बेलायतलगायतका प्रमुख देशका करिब २० राजदूतलाई बुधबार दिउँसो १२ बजे सिंहदरबारमा सामूहिक रूपमा प्रधानमन्त्रीसँग भेट्न बोलाइएको छ।

भेटमा राजदूतहरूले आफ्ना परिचय प्रस्तुत गर्नेछन् भने प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो भेट करिब एक घण्टा चल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृत बहादुर राई, प्रोटोकल प्रमुख कुमार राई तथा सार्वजनिक कूटनीति महाशाखा प्रमुख एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री उपस्थित रहनेछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार यस कदमले परराष्ट्र मन्त्रालयको भूमिकालाई सुदृढ गर्ने प्रयासको संकेत दिन्छ।

यो नयाँ अभ्यासले नेपालको कूटनीतिक व्यवहारमा संरचनागत परिवर्तन र पारदर्शिता थप्ने दिशा दिन सक्ने अपेक्षा गरिएको छ।


प्रकाशित : बुधबार, चैत २५ २०८२०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend