बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

स्ट्रेट अफ हर्मुज खोल्ने सर्तमा अमेरिकाले गर्‍यो दुई हप्ताको युद्धबिराम, व्यापार अवरोध हट्ने विश्वास

बुधबार, चैत २५ २०८२
स्ट्रेट अफ हर्मुज खोल्ने सर्तमा अमेरिकाले गर्‍यो दुई हप्ताको युद्धबिराम, व्यापार अवरोध हट्ने विश्वास

अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले तत्कालका लागि आक्रमणबाट पछि हटेको जानकारी दिएका छन्।

काठमाडौं- खाडी क्षेत्रबाट पेट्रोलियम आपूर्ति हुने मुख्य नाका स्ट्रेट अफ हर्मुज नखोले इरानी सभ्यतामाथि नै प्रहार गर्ने चेतावनी दिएको अमेरिकाले दुई हप्ताको युद्धबिराम घोषणा गरेको छ।

इरान र अमेरिकाबीच मध्यस्थतता गरिरहेका पाकिस्तानी प्रधानमन्त्री र सेनापतिको आग्रहमा स्ट्रेट अफ हर्मुज खोल्न इरान तयार भएकाले दुई हप्ताको वार्ताका लागि भिषण आक्रमणबाट अमेरिका पछि हटेको हो। 

अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले तत्कालका लागि आक्रमणबाट पछि हटेको जानकारी दिएका छन्। 

विश्वभरबाट अमेरिकामाथि दाबाब सिर्जना भएको थियो। यद्यपि व्यापारिक नाका खोल्न इरान पनि तयार भएपछि अमेरिका पनि पछि हटेको हो। योसँगै इन्धनको संकट तथा आपूर्ति श्रृखला सहज हुने विश्वास गरिएको छ। 

यही अवरोधका कारणले नेपाल पनि प्रभावित भएको छ। 


प्रकाशित : बुधबार, चैत २५ २०८२०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend