बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ट्रान्क्युलिटी स्पा र जिन नेपालको सहकार्यमा 'स्प्रिङ जुम्बा फेष्ट' सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
ट्रान्क्युलिटी स्पा र जिन नेपालको सहकार्यमा 'स्प्रिङ जुम्बा फेष्ट' सम्पन्न

काठमाडौं- ट्रान्क्युलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा चैत २२ गते शनिबार 'स्प्रिङ जुम्बा फेष्ट' सम्पन्न भएको छ।

रोयल ट्युलिप काठमाडौं हस्पिटालिटी पार्टनर रहेको उक्त कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्सप्राप्त जुम्बा प्रशिक्षकको सहभागिता थियो।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स तथा डिस्ट्रेस गतिविधिमार्फत सहभागीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। जिन नेपालले हाल नेपालभर ५० भन्दा बढी लाइसेन्सप्राप्त प्रशिक्षकलाई समेट्दै फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ।

कार्यक्रममा ट्रान्क्युलिटी स्पाकी प्रमुख मानव संसाधन तथा वित्त अधिकृत साथै जिन नेपालकी सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, 'यस्ता कार्यक्रमले मानिसलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्दछ जसमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ।'

यसैबीच आउँदो वेशाख १८ गते द सोल्टी काठमाडौंस्थित ट्रान्क्युलिटी स्पामा जुम्बमा प्रशिक्षक तालिम आयोजना हुने भएको छ। साथै ट्रान्क्युलिटी स्पा र जिन नेपालले वेलनेस संस्कृति प्रवर्द्धन गर्नका लागि आगामी दिनमा पनि आपसमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रकाशित : मंगलबार, चैत २४ २०८२१८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend