बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अब ओमोडा जेइको र आईकारमा ११ वर्षे विस्तारित वारेन्टी

मंगलबार, चैत २४ २०८२
अब ओमोडा जेइको र आईकारमा ११ वर्षे विस्तारित वारेन्टी

नयाँ ल्याइएको विस्तारित वारेन्टी कार्यक्र अन्तर्गत अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) पुर्‍याइएको छ।

काठमाडौं- नेपालका लागि ओमोडा जेइको र आईकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्ना ईभी मोडेलमा ११ वर्षे वारेन्टी घोषणा गरेको छ। ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी कार्यक्रममध्ये एक हो।

हाल कम्पनीद्वारा ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी उपलब्ध थियो।

नयाँ ल्याइएको विस्तारित वारेन्टी कार्यक्रमअन्तर्गत अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्ब्लीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) पुर्‍याइएको छ।

यो विस्तारित वारेन्टी ओमोडा ईफाइभ, जेइको जेफाइभ, जेइको जेसिक्स टी र आईकार भी२३ मोडेलमा उपलब्ध छ। यसले ग्राहकको आत्मविश्वास बढाउने र ईभी स्वामित्वलाई थप ढुक्क बनाउने विश्वास लिइएको छ।

यस विस्तारित वारेन्टीअन्तर्गत ग्राहकले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्ब्लीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्राप्त गर्नेछन्।

यस पहलका बारेमा बोल्दै एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारदाले विस्तारित वारेन्टीले सवारीसाधनहरूको उन्नत ईभी प्रविधिप्रति आफूहरूको अटल विश्वास र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउने बताए। विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेको बेला यस पहलले ग्राहकमा दीर्घकालीन विश्वास र बफादारिता निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उनले बताए।

देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरका साथै द्रुत रूपमा विस्तार भइरहेको सेल्स र चार्जिङ पूर्वाधार नेटवर्कका साथ ओमोडा जेइको र आईकारले नेपालमा तीव्र गतिमा अघि बढिरहेका ईभी ब्रान्डका रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्।

यस अद्यावधिक गरिएको वारेन्टी नीतिका बारेमा थप जानकारीका लागि ग्राहकलाई आफ्नो नजिकैको ओमोडा जेको वा आईकार शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा जान कम्पनीले अनुरोध गरेको छ।


प्रकाशित : मंगलबार, चैत २४ २०८२१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend