काठमाडौं- गर्मी मौसमलाई मध्यनजर गर्दै सीजी इलेक्ट्रोनिक्सअर्न्तगत अन्तर्राष्ट्रिय ब्रान्ड केन्टले नेपाली बजारमा अत्याधुनिक एयर कुलर तथा फ्यान सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उच्च कार्यक्षमतासहितका यी उत्पादनले उपभोक्तालाई गर्मी मौसममा सहज, सुरक्षित र ऊर्जा-कुशल समाधान प्रदान गर्ने लक्ष्य राखेका छन्।
कम्पनीका अनुसार नयाँ केन्ट एयर कुलरहरू विभिन्न श्रेणीमा उपलब्ध छन् जसमा पर्सनल कुलर, डेजर्ट कुलर, टावर कुलर तथा कमर्सियल कुलर समावेश छन्। यी कुलरमा उच्च एयर डेलिभरी, ठूलो पानी ट्यांकी क्षमता, इन्भर्टर-कम्प्याटिबिलिटी तथा कम बिजुली खपत जस्ता विशेषता छन्।
प्रभावकारी कुलिङका लागि उन्नत एयर फ्लो टेक्नोलोजी तथा प्रयोगमैत्री डिजाइनले घर तथा कार्यालय दुवैका लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ।
त्यसैगरी केन्टका फ्यान पनि आधुनिक जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएका छन्। सिलिङ फ्यान, वाल फ्यान, टेबल फ्यान तथा स्ट्यान्ड फ्यानका विभिन्न मोडल उपलब्ध छन्। यी फ्यानमा उच्च स्पिड, कम आवाज, ऊर्जा बचत गर्ने बीएलडीसी प्रविधि तथा आकर्षक र टिकाउ डिजाइन समावेश गरिएको छ।
यी उत्पादन देशभरका आधिकारिक वितरक तथा विक्रेतामार्फत उपलब्ध छन्। कम्पनीले बिक्रीपछिको सेवामा विशेष ध्यान दिँदै टोल फ्री सेवा, प्राविधिक सहयोग तथा वारेन्टी सुविधा प्रदान गर्ने जनाएको छ।
थप जानकारीका लागि ग्राहकले सीजी इलेक्ट्रोनिक्स्को आधिकारिक सेवा केन्द्र वा नजिकको विक्रेतासँग सम्पर्क गर्न सक्ने छन्।
