बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

काठमाडौं- कामना सेवा विकास बैंकले निष्कासन गरेको वार्षिक ९ प्रतिशत ब्याजदरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको छ। 

प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ भएको ३५ करोड रुपैयाँबराबरको ३५ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो।

धितोपत्रको दोस्रो बजारमा हुने यसप्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद-बिक्री गर्न पाइन्छ। उक्त अग्राधिकार सेयर जारी गरेपश्चात् बैंकको पुँजीकोष बढ्न गइ व्यवसाय विस्तारको अवसर बढ्ने छ।

अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर रहेको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेप्सेमा सूचीकरण भएसँगै कारोबार गर्न सकिने भएको छ।


प्रकाशित : मंगलबार, चैत २४ २०८२१७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend