बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बेकोको नयाँ वर्ष अफरमा ७० हजार रुपैयाँसम्म क्यासब्याक र स्योर सट उपहार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
बेकोको नयाँ वर्ष अफरमा ७० हजार रुपैयाँसम्म क्यासब्याक र स्योर सट उपहार

काठमाडौं- होम अप्लायन्स ब्रान्ड बेकोले नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै नेपाली ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ। अभियानले नयाँ वर्षको सुरुवातलाई स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत ग्राहकले बेकोका विभिन्न होम अप्लायन्स खरिद गर्दा ७० हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन्। साथै हरेक खरिदमा स्योर सट उपहारको सुविधा छ।

अफरअन्तर्गत वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट, डिसवासरको खरिदमा २ वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनको खरिदमा सीजी प्रेसर कुकर तथा एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधा प्रदान गरिने छ। 

बेकोले आफ्नो उत्पादनमा गुणस्तर र प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको छ। कम्पनीले शतप्रतिशत पार्टपुर्जाको उपलब्धता र सेवा सुनिश्चितता, स्मार्ट होमह्विज ब्लुटुथ कनेक्टिभिटीका साथै १२ वर्षसम्मको वारेन्टी सुविधासमेत उपलब्ध गराउँदै आएको छ। युरोपको नम्बर १ होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित बेकोले नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।

ग्राहकले सीजी इलेक्समार्फत सजिलो शून्य प्रतिशत ईएमआई सुविधा पनि उपभोग गर्न सक्ने छन्। जसका लागि नागरिकता भए पुग्छ।

सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभर उपलब्ध बेकोका यी सबै अफर  सीमित अवधिका लागि मात्र लागू हुने छन्। नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत खरिद गर्न सकिने छ।


प्रकाशित : मंगलबार, चैत २४ २०८२१६:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend