बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत

सरकारले उनीहरूलाई २०८१ बैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो। कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन्।

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेस गरेका थिए।

सरकारले उनीहरूलाई २०८१ बैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो। कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन्।

प्रकाशित : मंगलबार, चैत २४ २०८२१५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend