काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
यसैगरी पूर्वधार करमा समेत ५० प्रतिशत छुट दिइने भएको छ। अहिले पूर्वधार कर प्रतिलिटर १० रुपैयाँ छ।
यसैगरी सरकारले नेपाल आयल निगमलाई मूल्य समायोजनमा समेत कुनै दबाब नदिने भएको छ।
सरकारले पेट्रोलियम पदार्थको खपत कम गराउन सवारी सञ्चालनमा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ।