काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ।
राष्ट्र बैंकको सिफारिसका आधारमा सरकारले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। दुईजना डेपुटी गभर्नर खाली भएको र सोहीअनुसार सिफारिस भएपनि सरकारले एकलाई मात्र नियुक्त गरेको छ।
वरिष्ठ डेपुटी गभर्नरका रुपमा पण्डित हुनेछन् भने डेपुटी गभर्नर फेरि नियुक्त हुनेछ।