बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट

मंगलबार, चैत २४ २०८२
योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भट्ट आयोगको उपा्धयक्ष भएका हुन्।

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकमा २५ वर्षको अनुभव भएका भट्टले व्यवस्थापन, अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। यस्तै उनले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभागसहित महत्वपूर्ण विभागमा रहेर उनले काम गरिसकेका छन्।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महतको आर्थिक सल्लाहकार भएर काम गरिसकेका डा. भट्टले नेपाल धितोपत्र बोर्डको सञ्चालकका रुपमासमेत काम गरिसकेका छन्।

कर्जा सूचना केन्द्रको अध्यक्षको रुपमा पनि भट्टले अनुभव हासिल गरेका छन्। भट्टलाई सुझबुझपूर्ण ढंगले दलगत स्वार्थभन्दा माथि उठेर स्रोतको उचित विन्यास गर्नसक्ने क्षमता भएका अर्थशास्त्रीका रुपमा  हेरिन्छ। 


प्रकाशित : मंगलबार, चैत २४ २०८२१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend