बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनचाँदीको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
सुनचाँदीको मूल्य बढ्यो

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो।

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय २० रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, चैत २४ २०८२१०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend