काठमाडौं- आज बस्ने मन्त्रिपरिषदको बैठकबाट केही मुख्य नियुक्ति हुने सम्भावना रहेको छ।
विशेषगरी नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगमा तत्काल नियुक्त गर्नुपर्ने भएकाले आजै निर्णय हुने सम्भावना रहेको छ। राष्ट्र बैंकमा डेपुटी गभर्नर खाली रहँदा कामकाज प्रभावित भएको छ भने बजेट निर्माणको प्रक्रिया जारी रहँदा योजना आयोगमा पनि उपाध्यक्षदेखि सदस्यसम्म खाली रहेका छन्।
डेपुटी गभर्नरका लागि राष्ट्र बैंकले सिफारिस गरिसकेको छ। उक्त सिफारिस अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा लिएर नियुक्तिको निर्णय हुनेछ।
योजना आयोगमा विज्ञ सदस्यहरू हुँदा सरोकारवालासँग समुन्वय गर्न र जनगुनासो व्यवस्थापनमा सहज हुन्छ। विशेषगरी अर्थ तथा अन्य केही मन्त्रालयको भार कम हुन्छ।