काठमाडौं- प्रतिष्ठित ब्रान्ड गोड्रेजले नजिकिँदै गरेको नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै नेपाली ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ। 'नयाँ सुरुवातको शुभारम्भ' भन्ने सन्देशसहित ल्याइएको अभियानले नयाँ वर्षलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत ग्राहकले गोड्रेजका विभिन्न होम अप्लायन्सहरू खरिद गर्दा ३५ हजार ३ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने छन्। साथै ग्राहकको दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यले हरेक खरिदमा विभिन्न एस्योर्ड गिफ्ट पनि प्रदान गरिने छ।
अफर अन्तर्गत फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट, टप लोड वासिङ मेसिन खरिदमा मा २ केजी एरियल डिटर्जेन्ट तथा ट्विन टब वासिङ मेसिन खरिदमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क प्रदान गरिने छ।
त्यसैगरी माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट उपहार, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान र सबै उत्पादनमा निःशुल्क डेलिभरी सुविधा उपलब्ध छ।
गोड्रेजले वर्षौँदेखि गुणस्तर, विश्वास र नवीनतामा आधारित सेवा प्रदान गर्दै आएको छ जसका कारण यसले विश्वसनीय ब्रान्डको पहिचान कायम गरेको छ।
ग्राहकले सीजी इलेक्समार्फत सजिलो शून्य प्रतिशत ईएमआई सुविधा पनि उपभोग गर्न सक्नेछन्।
गोड्रेजका यी अफर नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् र सीमित अवधिका लागि मात्र लागू हुने छ। नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत उत्पादन खरिद गर्न सकिने छ।
