बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टीसीएलको नयाँ वर्ष अफर : उत्पादन खरिदमा २ लाख रुपैयाँसम्म क्यासब्याक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २३ २०८२
टीसीएलको नयाँ वर्ष अफर : उत्पादन खरिदमा २ लाख रुपैयाँसम्म क्यासब्याक
काठमाडौं- विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८३ को अवसरमा नेपाली ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। '
 
नयाँ वर्षको सुरुवात, टीसीएल खुसीको सौगात' भन्ने नारासहित ल्याइएको योजनाले ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजन खरिद गर्दा थप खुसी प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
 
योजनाअन्तर्गत ग्राहकले टीसीएलका विभिन्न उत्पादन  खरिद गर्दा २ लाख ८३ रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने छन्। हरेक खरिदमा स्योर सट उपहार पनि सुनिश्चित गरिएको छ।
 
टीसीएलको यस अफरमा समावेश उत्पादनमा नेपालकै सबैभन्दा ठूलो क्यूडी-मिनी एलईडी टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर (स्प्लिट तथा क्यासेट), भीआरएफ सिस्टम, साउन्ड सिस्टमलगायत आधुनिक जीवनशैलीलाई सहज बनाउने उपकरण छन्।

ग्राहकले वासिङ मेसिन खरिद गर्दा ६ केजी एरियल डिटर्जेन्ट उपहार, एयर कन्डिसनरमा निःशुल्क जडान र अन्य विभिन्न आकर्षक अफर प्राप्त गर्न सक्नेछन्। ग्राहकले सीजी इलेक्समार्फत शून्य प्रतिशत ईएमआई सुविधा पनि उपभोग गर्न सक्ने छन्।

टीसीएलले विश्वव्यापी रूपमा आफ्नो गुणस्तर प्रमाणित गरिसकेको छ र हाल ग्लोबल टप वान ब्रान्डको रूपमा स्थापित छ। साथ  वर्ल्डवाइड ओलम्पिक पार्टनरको रूपमा पनि टीसीएलले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा मजबुत बनाएको छ।

सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभर उपलब्ध टीसीएलका यी सबै अफर सीमित अवधिका लागि मात्र लागू हुने छ। नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत उत्पादन खरिद गर्न सकिने छ।


प्रकाशित : सोमबार, चैत २३ २०८२१६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend