काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ।
मालपोत र नापी विभाग तथा कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो।
नागरिकलाई सहज सूचनाकाे पहुँच स्थापित गर्न सूचना अधिकारीहरूको मोबाइल नम्बर तथा इमेल सार्वजनिक गरिएको साथै कार्यालयबाट हुने सेवा तथा भूमिसम्बन्धी कुनै समस्या भएमा तत्कालै जानकारी गराउनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ।
गुनासो सुन्ने अधिकारीको पनि मोबाइल नम्बर र इमेल ठेगान सहित विवरण सार्वजनिक गरिएको छ। साथै सबै कार्यालय प्रमुखहरूलाई समेत सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशन दिइएको छ।
मातहतका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीलाई कार्यालय समयमा अनिवार्य फोन उठाउन भनिएको मन्त्रालयले जनाएको छ।
सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको विवरण -