बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनचाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २३ २०८२
सुनचाँदीको मूल्य घट्यो

सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदी प्रतितोला  ४ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, चैत २३ २०८२१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend