काठमाडौं- सेयर बजारका लगानीकर्ताहरूले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेका छन्। सेयर बजार निरन्तर ओरालो लागेपछि आत्तिएका लगानीकर्तालाई मन्त्री वाग्लेले मन्त्रालयमै आज भेटेका हुन्।
नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधीसँगको भेटका क्रममा पछिल्लो समय सरकारले अघि बढाएको अनुसन्धान र त्यसको असर बजारमा परेको विषयमा लगानीकर्ताले उठाएका थिए।
मन्त्री वाग्लेले भने बजारलाई अझै पारदर्शी बनाउनेतिर सरकारको उद्देश्य रहेको र यसबाट सबैलाई लाभ हुने प्रष्ट पारेका थिए।