बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

एमचाम नेपालद्वारा परराष्ट्र मन्त्रालयसँग आर्थिक कूटनीति सुदृढीकरणका लागि छलफल

सोमबार, चैत २३ २०८२
एमचाम नेपालद्वारा परराष्ट्र मन्त्रालयसँग आर्थिक कूटनीति सुदृढीकरणका लागि छलफल

एमचाम नेपालले नेपाल-अमेरिका द्विपक्षीय हितका विषयमा निजी क्षेत्रको व्यवस्थित सहभागिता सुनिश्चित गर्न सान्दर्भिक आर्थिक तथा नीतिगत व्यवस्था हुनुपर्ने माग राखेका थियो।

काठमाडौं- नेपालस्थित अमेरिकी वाणिज्य संघ (एमचाम नेपाल) ले नेपालको आर्थिक रुपान्तरणका लागि नेपाल-अमेरिका व्यवसायिक संलग्नतालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालसँग छलफलपछि एमचामले यस्तो बताएको हो। 

भेटका क्रममा एमचाम नेपालले लगानी, नवप्रवर्तन र दिगो आर्थिक विकासमा अमेरिकी व्यवसायहरूको भूमिकालाई जोड दिँदै आफूहरूलाई नेपाल सरकारको एक रणनीतिक साझेदारका रूपमा अघि सारेको छ। छलफल विशेषगरी आर्थिक कूटनीतिलाई मजबुत बनाउने र द्विपक्षीय व्यापार तथा लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा केन्द्रित रहेको थियो।

मन्त्री  खनालले नेपाल-अमेरिका आर्थिक सहयोगलाई अघि बढाउन मुख्य चुनौती, अवसर र ठोस माइलस्टोनसहितको विस्तृत खाका तयार गर्न एमचाम नेपाललाई आग्रह गरे। आगामी अमेरिका भ्रमणपछि थप सहकार्य र रणनीतिक तालमेलका विषयमा पुनः छलफल गर्ने इच्छा मन्त्री खनालले व्यक्त गरेको एमचामले जनाएको छ। 
 
त्यस्तै नेपालमा ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्यमा निजी क्षेत्रको योगदानलाई केन्द्रमा राखेर छलफल भएको थियो। एमचाम नेपालले नेपाल-अमेरिका द्विपक्षीय हितका विषयमा निजी क्षेत्रको व्यवस्थित सहभागिता सुनिश्चित गर्न सान्दर्भिक आर्थिक तथा नीतिगत व्यवस्था हुनुपर्ने माग राखेका थियो। 

मन्त्रालयले नेपाललाई लगानी र नवप्रवर्तनको गन्तव्यका रूपमा विश्वभर चिनाउन 'ब्रान्ड नेपाल' प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। जसमा एमचाम नेपालले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमार्फत यसमा भरपुर सहयोग गर्ने जनाएको छ। 

अमेरिकी कम्पनीहरूका लागि पूर्वानुमान गर्न सकिने नीतिगत वातावरण, समयमै निर्णय प्रक्रिया र समान प्रतिस्पर्धात्मक अवसर वैदेशिक लगानी आकर्षण गर्न महत्त्वपूर्ण हुने कुरामा दुवै पक्षले जोड दिएका छन्। 

भेटघाटमा एमचाम नेपालका अध्यक्ष कैलाश विजयानन्द, निवर्तमान अध्यक्ष निर्मल काजी श्रेष्ठ, संस्थापक अध्यक्ष अजितविक्रम शाह, कोषाध्यक्ष स्नेह राजभण्डारी, मनिष थापा, सचिन करञ्जित र कार्यकारी निर्देशक अमीर आर. थापाको उपस्थिति थियो।

एमचाम नेपाल एक स्वतन्त्र, नाफारहित व्यवसायिक संस्था हो जसले नेपाल र अमेरिकाबीच व्यापार, लगानी, र आर्थिक सहयोग प्रवर्द्धन गर्ने कार्य गर्दछ। यो अमेरिकी उद्योग वाणिज्य संघ सञ्जालको प्रतिनिधित्व गर्ने संस्था हो।


प्रकाशित : सोमबार, चैत २३ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend