बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अब शुक्रबार खुल्ने सेयर बजार, शनिबार र आइतबार बन्द

सोमबार, चैत २३ २०८२
अब शुक्रबार खुल्ने सेयर बजार, शनिबार र आइतबार बन्द

अबदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पनि नियमित कारोबार सञ्चालन गर्ने र आइतबार बजार बन्द रहने व्यवस्था लागू गर्ने तयारी गरेको छ।

काठमाडौं- सेयर बजारको साप्ताहिक कारोबार तालिकामा फेरबदल हुने भएको छ। अबदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पनि नियमित कारोबार सञ्चालन गर्ने र आइतबार बजार बन्द रहने व्यवस्था लागू गर्ने तयारी गरेको छ। अब सेयर बजार शनिवार र आइतबार बन्द हुनेछ।

सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यसहित आइतबार सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आफ्नो कारोबार दिन पुनःसमायोजन गर्न लागेको हो। यसअनुसार अब सातामा पाँच दिन कारोबार हुने भए पनि शुक्रबार बजार खुल्नेछ भने आइतबार पूर्ण रूपमा बन्द रहनेछ।

हालसम्म भने शुक्रबार र शनिबार बजार बन्द हुँदै आएको थियो। नयाँ व्यवस्थासँगै शुक्रबार कारोबार खुल्ने र शनिबार यथावत् बिदा रहनेछ।

यसअघि पनि यस्तै अभ्यास भइसकेको छ। सरकारले २०७९ साल जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले शुक्रबार बजार सञ्चालन गर्दै शनिबार र आइतबार बन्द राखेको थियो। त्यसबेला पनि सातामा पाँच दिन नै कारोबार सञ्चालन गरिएको थियो।

 


प्रकाशित : सोमबार, चैत २३ २०८२०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend