बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सुलभ अग्रवालले बिहीबार नै दिएका थिए हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा

आइतबार, चैत २२ २०८२
सुलभ अग्रवालले बिहीबार नै दिएका थिए हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा

विभागको अनुसन्धान दायरा फराकिलो बन्दै गएपछि उनले पद छाड्ने निर्णय गरेको बुझिएको छ।

काठमाडौं- पक्राउ पर्ने सूचना पाएसँगै बिहीबार नै हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट सुलभ अग्रवालले राजीनामा दिएको पाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएसँगै निजी क्षेत्रका ठूला व्यवसायीमा तरंग देखिएको छ। यसैक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष अग्रवालले पदबाट राजीनामा दिएका हुन्।

स्रोतका अनुसार अग्रवालले बिहीबार नै सञ्चालक पदबाट राजीनामा दिएका थिए जसलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ। विभागको अनुसन्धान दायरा फराकिलो बन्दै गएपछि उनले पद छाड्ने निर्णय गरेको बुझिएको छ।

सुलभ १.png

यसबीच उनका पिता तथा व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेपछि सुलभ अग्रवाल नाकाबाट काठमाडौं फर्किएका थिए। आइतबार सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको छ भने शंकरलाल अग्रवाल भने रिहा भएका छन्।

सरकारले हिमालयन रिइन्स्योरेन्सका आधारभूत सेयरधनी व्यवसायी दीपक भट्टमाथि लगानी रकम दुरुपयोगको आरोपमा अनुसन्धान अघि बढाएको छ। आरोपअनुसार उनले हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स तथा अन्य संस्थामा व्यक्तिगत नाममा सेयर खरिद गर्न विभिन्न कम्पनीहरूको लगानी रकम प्रयोग गरेको विषयमा छानबिन भइरहेको छ।

यस प्रकरणमा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायत संस्थाहरूको लगानी संरचना र आन्तरिक वित्तीय कारोबारमाथि समेत निगरानी बढाइएको छ।


प्रकाशित : आइतबार, चैत २२ २०८२१७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend