बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

एफएनसीसीआई निर्वाचन : वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
एफएनसीसीआई निर्वाचन : वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता

एफएनसीसीआईको ६० औँ साधारणासभा तथा निर्वाचन यही चैत २९ र ३० गते यहाँ हुँदै छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ।

घिमिरेको समूहले वस्तुगततर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको हो। वस्तुगत संघतर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसायबाट रविन पुरी, अलैँची उत्पादन तथा निर्यातबाट राजकुमार कार्की, बीउबिजन क्षेत्रबाट वसन्तचन्द्र मरहट्ठाको उम्मेदवारी परेको छ।

एफएनसीसीआईका अनुसार कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पस्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धनप्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एबबहादुर थापा मगर, स्टक सेयर बजार क्षेत्रबाट धर्मराज सापकोटा र सिमेन्ट उत्पादन क्षेत्रबाट रघुनन्दन मारुको उम्मेदवारी दर्ता भएको छ।

यसैगरी प्लाइउड उत्पादन तथा निर्यात क्षेत्रबाट होमप्रसाद घिमिरे, फ्लोरिकल्चर उत्पादन क्षेत्रबाट राजेशभक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुवबहादुर गौतम, टुरिजम तथा होटल व्यवसायबाट संघर्ष बिष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानीराज घिमिरे, यातायात तथा पारवहनबाट विश्वनाथ खनाल र इँटा उद्योगबाट कृष्णप्रसाद अवालले उम्मेदवारी दर्ता गराएका छन्।

एफएनसीसीआईको ६० औँ साधारणासभा तथा निर्वाचन यही चैत २९ र ३० गते यहाँ हुँदै छ।


प्रकाशित : आइतबार, चैत २२ २०८२१६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend