बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

डिजेल तथा पेट्रोलियम गाडीलाई ईभीमा परिवर्तन गर्न कानूनी व्यवस्था मिलाउने सरकारको निर्णय

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
डिजेल तथा पेट्रोलियम गाडीलाई ईभीमा परिवर्तन गर्न कानूनी व्यवस्था मिलाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए।

काठमाडौं- सरकारले डिजेल तथा पेट्रोलियम गाडीहरूलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एसियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए।

नेपाल सरकारका सबै मन्त्रालयका सचिवालय, आयोग र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति दिने निर्णय पनि भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले राष्टिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजिनामा स्वीकृत गरेको छ।

यस्तै सोमबारदेखि सरकारी कार्याल र सबै शैक्षिक संस्थाहरुमा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

आगामी शैक्षिक सत्र २०८३ बैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।


प्रकाशित : आइतबार, चैत २२ २०८२१६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend