काठमाडौं- सरकारले शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रहेका शिक्षामन्त्री सस्मित पोखरेलले शैक्षिक संस्था र सरकारी कार्यालयमा दुई दिन बिदा दिने निर्णय भएको सुनाए।
पोखरेलका अनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गरिएको छ। पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको मन्त्री पोखरेलको भनाइ छ।