बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सेन्सेइको नयाँ वर्ष अफरमा 'हिरो स्प्लेन्डर प्लस' जित्ने मौका

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
सेन्सेइको नयाँ वर्ष अफरमा 'हिरो स्प्लेन्डर प्लस' जित्ने मौका

काठमाडौं- नयाँ वर्ष २०८३ को अवसर पारेर 'इन्जिनियर्ड इन जापान' अवधारणामा आधारित सेन्सेइ ब्रान्डले 'सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ' उपभोक्ता योजना सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत सेन्सेइका विभिन्न होम अप्लायन्स खरिद गर्दा ग्राहकहरूले २८ हजार ७ सय रुपैयाँसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्ने छन्। साथै उत्पादनअनुसार निश्चित उपहारको पनि व्यवस्था गरिएको छ। 

फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल तथा सेमी-अटोमेटिक वासिङ मेसिन खरिदमा १ केजी एरियल र एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा उपलब्ध गराइएको छ।

अभियानको मुख्य आकर्षणका रूपमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल बम्पर उपहार राखिएको छ। ग्राहकहरू क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लक्की ड्रमा सहभागी हुन सक्ने छन्, जसबाट भाग्यशाली एक जनाले उक्त मोटरसाइकल जित्ने अवसर प्राप्त गर्ने छन्।

सेन्सेइ चौधरी समूहअन्तर्गतको ब्रान्ड हो जसले नेपाली बजारमा रेफ्रिजेरेटर, एसी, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर, एलईडी टीभीलगायतका उत्पादन उपलब्ध गराउँदै आएको छ। जापानी प्रविधिमा आधारित डिजाइन, टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै उपभोक्तामाझ विश्वासिलो ब्रान्डको रूपमा आफ्नो स्थान बनाएको छ।

नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध सेन्सेइ ब्रान्डले आफ्ना शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत सहज पहुँच सुनिश्चित गर्दै आएको छ। नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले उपभोक्तालाई भरपर्दो र लाभदायक खरिद अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

ग्राहकहरूले नजिकैको अधिकृत डिलर वा शोरुमबाट सेन्सेइका उत्पादन खरिद गरी क्यासब्याक, निश्चित उपहार तथा क्यूआर कोड स्क्यानमार्फत यस योजनामा सहभागी भई बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने छन्। 


प्रकाशित : आइतबार, चैत २२ २०८२१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend