बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गर्मीलाई लक्ष्य गर्दै क्रम्प्टनको नयाँ वर्ष अफर सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
गर्मीलाई लक्ष्य गर्दै क्रम्प्टनको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं- सीजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डअन्तर्गत 'गर्मीले होइन, क्रम्प्टनले जित्छ' नामक अफर सार्वजनिक गरेको छ। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा घोषित क्याम्पेनले उपभोक्तालाई उत्कृष्ट कुलिङ समाधानसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

अफरअन्तर्गत क्रम्प्टनका विभिन्न उत्पादन खरिद गर्ने ग्राहकले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्ने छन्। दर्ता भएका सहभागीलाई कम्प्युटराइज्ड प्रणालीमार्फत लक्की ड्रमा समावेश गरिने छ।

योजनामा बम्पर उपहारस्वरूप माइडियाको २३६ लिटर डबल डोर रेफ्रिजेरेटर राखिएको छ भने प्रत्येक १५ दिनमा क्रम्प्टन मिक्सर ग्राइन्डर जित्ने अवसर पनि प्रदान गरिएको छ।

क्रम्प्टन ८५ वर्षभन्दा बढीको इतिहास बोकेको भारतकै प्रतिष्ठित पंखा ब्रान्ड हो। यसले पंखा, एयर कुलर, वाटर हिटर, मिक्सर ग्राइन्डरलगायतका घरायसी उपकरण उत्पादन गर्दै आएको छ। ऊर्जा दक्षता, टिकाउपन तथा प्रयोगमैत्री डिजाइन क्रम्प्टनका मुख्य विशेषता हुन्।

सीजी इलेक्ट्रोनिक्स चौधरी समूहअन्तर्गतको अग्रणी उपभोक्ता इलेकट्रोनिक्स कम्पनी हो, जसले नेपालभर आफ्ना शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रम्प्टनलगायतका अन्तर्राष्ट्रिय ब्रान्ड वितरण गर्दै आएको छ।

 


 


प्रकाशित : आइतबार, चैत २२ २०८२१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend