काठमाडौं- प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता हुँदा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। सोही आधारमा आइतबार प्रतिनिधिसभाबाट उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो।