बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

पोखरा फेवाताल छेउछाउका टहरा भत्काउने काम सुरू

शनिबार, चैत २१ २०८२
पोखरा फेवाताल छेउछाउका टहरा भत्काउने काम सुरू

पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा अवैध रूपमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ। महानगरपालिकाले शनिबार बिहानदेखि डोजर प्रयोग गरी फेवाताल छेउछाउका टहराहरू भत्काउन थालिएको जानकारी दिएको छ।

पोखरा- पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा अवैध रूपमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ। महानगरपालिकाले शनिबार बिहानदेखि डोजर प्रयोग गरी फेवाताल छेउछाउका टहराहरू भत्काउन थालिएको जानकारी दिएको छ।

प्रहरीको सहयोगमा गरिएको कार्यमा अहिलेसम्म ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको महानगरपालिकाले जनाएको छ।

यसअघि नवगठित संघीय सरकारले फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो। मन्त्रालयहरूले तयार पारेको शासकीय सुधारका १०० कार्यसूचीमा पनि फेवाताल अतिक्रमणको विषय विशेष रूपमा उल्लेख गरिएको थियो।

महानगरपालिकाले अवैध अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।


प्रकाशित : शनिबार, चैत २१ २०८२१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend