बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

शंकर र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ

शनिबार, चैत २१ २०८२
शंकर र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शुक्रबार काठमाडौंबाट शंकर अग्रवाललाई पक्राउ गरेको हो। अनुसन्धान विभागले यस सम्बन्धमा अग्रवाललाई उपस्थित गराउन सीआइबीलाई पत्र पठाएको थियो।

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यापारी दीपक भट्ट पक्राउ परेपछि शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार शंकर ग्रुपका अन्य सदस्य पनि अनुसन्धानको दायरामा छन्।

त्यसैगरी, जगदम्बा होल्डिङ्सका अध्यक्ष तथा शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको छ। सीआइबीले उनलाई भैरहवाबाट काठमाडौं फर्कदै गर्दा बाटोमै नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।

यसअघि हिजो साँझ मात्रै शंकर अग्रवालका पिता शंकरलाल अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घटनाक्रमको अनुसन्धान जारी राख्दै ग्रुपका अन्य सदस्यहरूमाथि समेत आवश्यक कारबाही गर्ने तयारी गरिरहेको छ।


प्रकाशित : शनिबार, चैत २१ २०८२१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend