बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

काठमाडौंका यी स्थानमा आज ४ घण्टा विद्युत अवरोध हुने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २१ २०८२
काठमाडौंका यी स्थानमा आज ४ घण्टा विद्युत अवरोध हुने

सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुने उल्लेख छ।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ।

प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो।

सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुने उल्लेख छ। बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। रासस


प्रकाशित : शनिबार, चैत २१ २०८२०८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend