बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

आज देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

शनिबार, चैत २१ २०८२
आज देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङसहित वर्षा हुने अवस्था बनेको हो।

काठमाडौं- देशभर आज मौसममा आंशिकदेखि सामान्य बदली रहने क्रममा केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङसहित वर्षा हुने अवस्था बनेको हो।

विभागका अनुसार दिउँसो देशको हिमाली भूभागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको तराईसहित अन्य हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बाँकी पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने तथा तराईका केही स्थानमा हावाहुरीको जोखिम कायमै रहने विभागले जनाएको छ।


प्रकाशित : शनिबार, चैत २१ २०८२०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend