बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

ट्रम्पले हर्मुजमाथि सद्‍भाव राखुन् वा घृणा अमेरिकाले पूर्णरूपमा बेवास्ता गर्न सक्दैन

शनिबार, चैत २१ २०८२
ट्रम्पले हर्मुजमाथि सद्‍भाव राखुन् वा घृणा अमेरिकाले पूर्णरूपमा बेवास्ता गर्न सक्दैन

हर्मुजमा हुने कुनै पनि अवरोध पश्चिम एसियामा मात्र सीमित रहँदैन यसले विश्वव्यापी आपूर्तिको सञ्जाललाई प्रभावित तुल्याउँछ। त्यहाँको तलनावले वस्तुको मूल्य बढाउँछ र ढुवानी मार्ग, बीमा लागत र वित्तीय बजारमा प्रत्यक्ष असर पार्छ।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकालाई स्ट्रेट अफ हर्मुजको आवश्यकता नरहेको बताएका छन्। उनले यो प्रमुख तेल ट्रान्जिट मार्गमा निर्भर देशहरुलाई यसको ‘हेरचाह’ आफैं गर्न आग्रह गरे। जबकि वासिङ्टनले इरानसँगको जारी युद्धका बीच आफ्ना मध्यपूर्वी सहयोगीहरूको रक्षा गर्ने बाचा गरेको छ।

सम्बोधनमा ट्रम्पले भने, ‘हामीलाई हर्मुज जलमार्गको आवश्यकता परेको छैन र पर्दैन पनि।’ उनले सो मार्गबाट तेल ढुवानीमा भर पर्ने राष्ट्रहरूलाई साहस देखाउन र स्वतन्त्र रूपमा यसको सुरक्षा गर्न आह्वान गरे। उनले थपे, ‘हर्मुज जलमार्गबाट तेल प्राप्त गर्ने विश्वका देशहरूले सो मार्गको हेरचाह गर्नुपर्छ। यसलाई लिनुहोस्, रक्षा गर्नुहोस् र आफ्नै लागि प्रयोग गर्नुहोस्।’

खाडी क्षेत्रबाट आउने तेलमा वासिङ्टनको घट्दो निर्भरताले एउटा गहिरो सत्यलाई छुपाएको छ। हर्मुज जलमार्ग अझै पनि विश्वव्यापी ऊर्जा प्रणालीको मेरुदण्ड हो। यस क्षेत्रबाट हुने अमेरिकी आयात विगतको तुलनामा निकै कम भए पनि यो साँघुरो जलमार्गले अझै पनि विश्वको तेलको ठूलो हिस्सा नियन्त्रण गर्दछ। जसका कारण पश्चिम एसियाका उत्पादकहरूलाई एसिया, युरोप र अफ्रिकाका उपभोक्तासँग प्रत्यक्ष रुपमा जोडिराखेको छ।

हर्मुजमा हुने कुनै पनि अवरोध पश्चिम एसियामा मात्र सीमित रहँदैन यसले विश्वव्यापी आपूर्तिको सञ्जाललाई प्रभावित तुल्याउँछ। त्यहाँको तलनावले वस्तुको मूल्य बढाउँछ र ढुवानी मार्ग, बीमा लागत र वित्तीय बजारमा प्रत्यक्ष असर पार्छ। अमेरिकाका लागि यो जोखिम अब केवल भौतिक रूपमा आफ्नो तटमा आइपुग्ने तेलका ट्यांकरसँग मात्र सम्बन्धित छैन बरु विश्वव्यापी रूपमा मूल्य निर्धारण हुने वस्तुसँगको यसको आबद्धता पनि जोडिएको छ। एउटा करिडोरमा हुने धक्काले घरेलु इन्धन लागत, व्यापार सन्तुलन र स्थिरतामा छिटो असर पर्ने द इकोनोमिक टाइम्सले लेखेको छ। 

‘इरान द्वन्द्व जसमा इजरायल र अमेरिकाको निरन्तर प्रहार र इरानको छिटपुट प्रतिशोध समावेश छ। बजारले सुरुमा अनुमान गरेभन्दा लामो समयसम्म चल्ने देखिएको छ। यसले क्षेत्रीय र विश्वव्यापी अर्थतन्त्र र बजारमा ठूलो प्रभाव पार्न सक्छ,’ मार्चको अन्त्यमा एमकेका विश्लेषकहरूले एक नोटमा भनेका छन्। ‘तनाव कम हुने हालैका समाचारका बावजुद, हाम्रो विश्वास छ कि हर्मुज जलमार्ग निकट भविष्यमा तुलनात्मक रूपमा अवरुद्ध नै रहनेछ।’ 

ट्रम्पको दाबी र सन्दर्भ

जब डोनाल्ड ट्रम्पले अमेरिकालाई हर्मुज जलमार्ग ‘चाहिँदैन’ भने उनले विश्वव्यापी ऊर्जा प्रवाहमा आएको एक गहिरो संरचनात्मक परिवर्तनलाई संकेत पनिसँगै गरिरहेका थिए। पछिल्लो दशकमा अमेरिका खाडी तेलको प्रमुख आयातकर्ताबाट पेट्रोलियम उत्पादनको प्रमुख उत्पादक र निर्यातक बनेको छ। यो एक यस्तो रूपान्तरण हो जसले हर्मुज जलमार्गप्रतिको उसको प्रत्यक्ष निर्भरतालाई पुनः परिभाषित गरेको छ।

यद्यपि यो टिप्पणी मध्यपूर्वमा तनाव भएको समयमा आएको छ। जहाँ हर्मुज आसपासका अवरोधहरूले विश्वव्यापी बजारमा तरंगहरू पैदा गरिरहेका छन्। विश्वभरका देशहरूलाई वैकल्पिक आपूर्तिको लागि संघर्ष गर्न बाध्य बनाइरहेका छन्। जसमध्ये धेरैजसो आपूर्ति अब अमेरिकाबाट भइरहेको छ।

अमेरिकाको निर्यात वृद्धिले विश्वव्यापी आपूर्तिमा मल्हम लगाउँदै

तेल आपूर्तिमा देखिएको त्यो परिवर्तनको मापन पछिल्लो व्यापार प्रवाहमा देखिन्छ। केप्लरको तथ्यांक अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र नाफ्था जस्ता स्वच्छ पेट्रोलियम उत्पादनहरूको अमेरिकी निर्यात मार्चमा कीर्तिमानी ३१.१ लाख ब्यारेल प्रति दिन पुगेको छ, जुन फेब्रुअरीमा करिब २५ लाख ब्यारेल प्रति दिन थियो। यो २०१७ पछिको रेकर्डमा सबैभन्दा उच्च मासिक निर्यात हो।

यो वृद्धि एकै ठाउँमा मात्र सीमित थिएन, विश्वव्यापी थियो। युरोपतर्फको निर्यात मासिक २७ प्रतिशतले बढेर ४ लाख १४ हजार ब्यारेल प्रति दिन पुग्यो। एसियातर्फको ढुवानी दोब्बरभन्दा बढीले बढेर २ लाख २४ हजार ब्यारेल प्रति दिन पुग्यो। अफ्रिकातर्फको प्रवाह १६९ प्रतिशतले बढेर १ लाख ४८ हजार ब्यारेल प्रति दिन पुग्यो।

यो तथ्यांकले बताउँछ कि हर्मुज जलमार्ग आसपास आपूर्ति अवरोध बढ्दै जाँदा अमेरिकाले स्विङ सप्लायरको रूपमा कदम चाल्यो र आफ्नो तटभन्दा धेरै टाढाको अभावलाई कम गर्न मद्दत र्गयो।

निर्भरताबाट अलगावतर्फ

यो निर्यात क्षमताको पछाडि एक गहिरो संरचनात्मक परिवर्तन छ खाडीको कच्चा तेलमा अमेरिकाको घट्दो निर्भरता। फोब्र्सले गरेको अमेरिकी जनगणना ब्यूरो र सरकारी तथ्यांकको विश्लेषण अनुसार २०२५ मा अमेरिकी तेल आयातमा मध्यपूर्वी आपूर्तिकर्ताहरू साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेत साथै लिबियाको हिस्सा १० प्रतिशतभन्दा कम थियो। यो एक ऐतिहासिक परिवर्तन हो। १९८० को दशक पछि पहिलो पटक यी उत्पादकहरूमाथिको निर्भरता यति न्यून स्तरमा झरेको छ।

अमेरिकी ऊर्जा सूचना र प्रशासन (ईआईए)को तथ्यांकले यो परिवर्तनलाई स्पष्ट पारेको छ कि २०१७ जनवरीमा पर्सियन खाडीबाट अमेरिकी आयात करिब ६.४६ करोड ब्यारेल थियो। २०२२ जनवरीमा यो घटेर ३.०५ करोड ब्यारेलमा सीमित भयो। यस वर्षको जनवरीसम्ममा यो केवल २.५ करोड ब्यारेल भन्दा केहीमात्र बढी छ।

पछिल्ला वर्षहरूमा अमेरिकी घरेलु कच्चा तेल उत्पादन बढेर दैनिक करिब १.३ देखि १.३६ करोड ब्यारेल पुगेको छ जुन विश्वव्यापी रूपमा उच्चतम मध्ये एक हो। यसले ऊर्जामा आत्मनिर्भर शक्तिको रूपमा अमेरिकाको स्थितिलाई बलियो बनाएको छ। यस सन्दर्भमा ट्रम्पको दाबीले एक मापनयोग्य यथार्थलाई झल्काउँछ कि अमेरिकाले पहिले जस्तो आफ्नो ऊर्जा सुरक्षाको लागि हर्मुजमा भर पर्नु पर्दैन।

तर तेल बजार एक्लै सञ्चालन हुँदैनन् तिनीहरू विश्वव्यापी रूपमा एकअर्कासँग जोडिएका छन् र अवरोधप्रति अत्यन्त संवेदनशील छन्। खाडीबाट हुने अमेरिकी आयात घटे पनि हर्मुज जलमार्ग विश्वव्यापी आपूर्तिको लागि महत्वपूर्ण छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार २०२५ मा दैनिक औसत २ करोड ब्यारेल कच्चा तेल र तेल उत्पादनहरू ढुवानी गरिएको हर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ट्रान्जिट चोकपोइन्टमध्ये एक हो।

‘विश्वको समुद्री तेल व्यापारको करिब २५ प्रतिशत हर्मुजबाट हुने र यसलाई बाइपास गर्ने विकल्पहरू सीमित भएकाले त्यहाँको प्रवाहमा हुने कुनै पनि अवरोधले विश्व तेल बजारमा ठूलो परिणाम निम्त्याउनेछ,’ एजेन्सीले थपेको छ।

जब त्यो जलमार्ग तनाबका कारण संकुचित हुन्छ, यसको प्रभाव तत्काल र दूरगामी हुन्छ। बिग्रिएको आपूर्ति झट्काले विश्वव्यापी तेलको मूल्य बढाउँछ र ती मूल्यहरू स्थानीय रुपमा नियन्त्रणमा हुँदैनन्। 

वासिङ्टनका लागि हर्मुज अझै किन महत्वपूर्ण छ?

हर्मुज भएर अमेरिका जाने कच्चा तेल नगन्य भए पनि त्यहाँको अवरोधले खाडीको ऊर्जामा निर्भर सहयोगी र व्यापारिक साझेदारहरू, विश्वव्यापी ढुवानी र बीमा लागत तथा मुद्रास्फीतिसँग जोडिएका वित्तीय बजारहरूलाई प्रत्यक्ष प्रभाव पार्छ।

यी प्रत्येक च्यानलले अमेरिकी अर्थतन्त्रमा व्यापार सन्तुलन, बजार अस्थिरता र उपभोक्ता ऊर्जा मूल्यमार्फत परोक्ष रुपमा त्यसले दबाब दिन्छ। न्युयोर्क टाइम्सका अनुसार अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक र निर्यातक भए तापनि तेलको मूल्य मुख्यतया विश्वव्यापी आपूर्ति र मागमा आधारित हुन्छ। न कि अमेरिकाको नियन्त्रणमा। जब पर्सियन खाडीमा आपूर्ति अवरोध हुन्छ तब तेल र ग्यासको मूल्य सर्वत्र बढ्छ।

इरान द्वन्द्वले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि अमेरिकामा पेट्रोलको औसत मूल्य झन्डै चार वर्षमा पहिलो पटक प्रति ग्यालेन ४ डलर नाघेको छ। एएए मोटरिङ समूहको तथ्यांक अनुसार हाल नियमित पेट्रोलको राष्ट्रिय औसत ४.०२ डलर प्रति ग्यालेन पुगेको छ।

वास्तवमा अमेरिकाले हर्मुजमा आफ्नो प्रत्यक्ष निर्भरता घटाएको हुन सक्छ तर यो अझै पनि त्यही प्रणालीमा बाँधिएको छ जुन हर्मुजमा निर्भर छ।

रणनीतिक बफर, रणनीतिक बहिर्गमन होइन

अमेरिकी इन्धन निर्यातमा हालै भएको वृद्धिले एउटा नयाँ भूमिकालाई उजागर गरेको छ। खाडी अवरोधबाट जोगिएको उपभोक्ताको रूपमा मात्र होइन, बरु विश्वव्यापी आपूर्ति तनावको समयमा एक ‘स्टेबिलाइजर’को रूपमा काम गर्ने प्रयास गरेको छ।

जब हर्मुजमा समस्या आउँछ, अमेरिकी कच्चा तेल टाढासम्म (युरोपेली रिफाइनरहरू, एसियाली खरिकर्ता र अफ्रिकी बजार) पुग्छ। यसले वासिङ्टनलाई अघिल्लो दशकको तुलनामा बढी रणनीतिक फ्लिकजिबिलिटी दिएको छ। तर यसले तेलको विश्वव्यापी आपूर्ति श्रृंखलालाई थेगिरहन सक्दैन। 

हर्मुज अमेरिकाको लागि तेल आपूर्तिको माध्यमभन्दा पनि विश्वव्यापी अर्थतन्त्रको लागि एउटा ‘प्रेसर पोइन्ट’को खडा भएको छ। जसलाई वासिङ्टनले बेवास्ता गर्न सक्दैन, भलही उसलाई भौतिक रूपमा यसको आवश्यकता नपरोस्। ट्रम्पको टिप्पणीले अमेरिकाको ऊर्जा स्थितिमा आएको वास्तविक परिवर्तनलाई समेट्छ। 

तर हर्मुज जलमार्ग अझै पनि विश्वव्यापी तेल प्रवाहको केन्द्रमा छ। र योससँग विश्व बजार मूल्य, आपूर्ति श्रृंखला र आर्थिक परिणामहरू गहिरो रूपमा अन्तरसम्बन्धित छन्। हर्मुजको स्थिरताले अझै पनि मायने राख्छ यसको माध्यमबाट आयात गर्नेहरूका लागि मात्र होइन की अमेरिका जस्ता देशहरूका लागि पनि अहिले तेल आपूर्ति प्रणालीमा तनाव आउँदा यसलाई चलायमान राख्न मद्दत गरिरहेका छन्।


प्रकाशित : शनिबार, चैत २१ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend