बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

प्लाष्टिक झोलाको उत्पादनदेखि आयातसम्म कडाइ गर्दै सरकार, हरेक झोलामा स्पष्ट विवरण राख्नुपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २० २०८२
प्लाष्टिक झोलाको उत्पादनदेखि आयातसम्म कडाइ गर्दै सरकार, हरेक झोलामा स्पष्ट विवरण राख्नुपर्ने

खाद्यान्न, पानी तथा औषधिजन्य वस्तुको प्रयोगका लागि प्राकृतिक रंग भएको झोला हुनुपर्ने छ भने फोहर संकलनका लागि गार्वेज कालो रंगको हुने पर्ने निर्देशिकामा समावेश गरिएको छ।

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०८२ जारी गर्दै प्लाष्टिकको झोला उत्पादन, आयात र प्रयोगमा कडाइ गर्ने भएको छ।

मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ ले दिएको अधिकारी प्रयोग गरी निर्देशिका जारी गरेको हो। निर्देशिकामा ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिक झोलाको उत्पादन, आयात, भण्डार, बिक्रीवितरण तथा प्रयोग गर्न नपाइने उल्लेख छ।

यसैगरी निर्देशिकामा '७ वाई १४' इन्च वा सोभन्दा ठूलो साइजका प्लाष्टिक झोलाहरुको मात्र उत्पादन, आयात, भण्डारण, बिक्रीवितरण तथा प्रयोग गर्नुपर्ने र '१४ वाई २८' इन्च वा सोभन्दा ठूलो साइजका गार्बेज झोलाहरुको मात्र उत्पादन, आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोग गर्नु उल्लेख गरिएको छ।

झोला उत्पादन गर्दा हरेक झोलाको बाहिरी भागमा उत्पादन गर्ने कम्पनीको नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ भने झोलाको बाहिरी भागमा नै मोटाइ र साइजको विवरणसमेत राख्नु पर्ने निर्देशिकामा उल्लेख छ।

छपाइको न्यूनतम साइज '१८-२० फन्ट'को हुने पर्ने छ। यसैगरी गार्वेज झोला भने फोहर संकलनका लागिमात्रै प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

यसैगरी खाद्यान्न, पानी तथा औषधिजन्य वस्तुको प्रयोगका लागि प्राकृतिक रंग भएको झोला हुनुपर्ने छ भने फोहर संकलनका लागि गार्वेज कालो रंगको हुने पर्ने निर्देशिकामा समावेश गरिएको छ।


प्रकाशित : शुक्रबार, चैत २० २०८२१७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend