बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाइम्बिङ टोली चीन जाने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २० २०८२
विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाइम्बिङ टोली चीन जाने

प्रतियोगितामा पुरुषतर्फमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ  स्वस्तिका चौधरीले सहभागिता जनाउने छन्। एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा यही २५ देखि २९ गतेसम्म हुँदैछ। नेपालले बाउल्डर र लिड स्पर्धामा भाग लिने छ।

काठमाडौं- जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ। 

प्रतियोगितामा पुरुषतर्फमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ  स्वस्तिका चौधरीले सहभागिता जनाउने छन्। एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा यही २५ देखि २९ गतेसम्म हुँदैछ। नेपालले बाउल्डर र लिड स्पर्धामा भाग लिने छ ।

एसियाली खेलकुदमा स्थान बनाउन शीर्ष १६ स्थानमा पर्नुपर्ने नेपाल क्लाम्बिङ स्पोर्टस् एशोसिएशनका महासचिव सन्तोष मादेनले बताए। विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुँदैछ। सो प्रतियोगितामा बाउल्डर विधा मात्र समावेश छ। दुवै प्रतियोगिताको बीचको अवधिमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए। 

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले आज एक कार्यक्रमबीच बिदाइ गरे। रासस


प्रकाशित : शुक्रबार, चैत २० २०८२१६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend