काठमाडौं- सीजी मोटर्स, ग्रिलि होल्डिङ ग्रुपअन्तर्गतको रिडारा ब्रान्डको नेपालका लागि आधिकारिक बितरकले नेपाली बजारमा नयाँ रिडारा आरडी सिक्स इकोन इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ। गाडीको प्रारम्भिक मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
'पियोर इलेक्ट्रिक, पियोर क्यापाबिलिटी' को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरेको छ, जसले इभी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।
करिब दुई वर्षअघि नाडा अटो शो मा पहिलो पटक प्रदर्शन भएपछि रिडारा आरडी सिक्स ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको छ। अब इकोन भेरियन्टको आगमनसँगै रिडाराले अझ उच्च अफ-रोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुत गरेको कम्पनीको भनाइ छ।
रिडारा आरडीसिक्स इकोन लाई सहरी सडकदेखि लिएर दुर्गम पहाडी तथा अफरोड क्षेत्रसम्म सहज रूपमा चलाउन मिल्ने गरी बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ। यो गाडीले व्यवसायिक उपयोगिता र लाइफस्टाइल प्रदर्शनलाई एकैसाथ संयोजन गर्दै व्यवसायिक प्रयोगकर्ता र एड्भेन्चर पारखी दुवैका लागि उपयुक्त समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।
उच्च प्रदर्शन र वास्तविक क्षमतासहित यस गाडीमा अत्याधुनिक प्रविधिहरू समावेश गरिएका छन्, जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ। ४८५ एनएमको अधिकतम टर्कले बलियो पुलिङ पावर र एक्सेलेरेशन सुनिश्चित गर्छ भने डुअल मोटर अल ह्विल ड्राइभ प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफ-रोड क्षमता प्रदान गर्छ। २२५ एमएम ग्राउन्ड क्लियरेन्सका कारण कठिन भू-भागमा पनि सहज सञ्चालन सम्भव हुन्छ भने १२३५ केजी पेलोड क्षमताले यसलाई व्यावसायिक प्रयोजनका लागि उपयुक्त बनाउँछ। सम्पूर्ण विशेषताहरूले आरडीसिक्स इकोन लाई नेपालका पिकअप तथा अन्य इलेक्ट्रिक प्रतिस्पर्धीहरूभन्दा अगाडि राख्दै बहुउपयोगिताको उत्कृष्ट संयोजनका रूपमा स्थापित गर्दछ।
यसका साथै, रिडारा आरडीसिक्स इकोन मा अत्याधुनिक ब्याट्री तथा सुरक्षा प्रणाली समावेश गरिएको छ, जसमा फाइभ स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम, आईपी ६८-रेटेड ब्याट्री प्याक (पानी तथा धुलो प्रतिरोधी) र ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणाली रहेका छन्। यी प्रविधिहरूले नेपालको चुनौतीपूर्ण मौसम तथा भौगोलिक अवस्थाहरूमा पनि उच्च स्तरको सुरक्षा, स्थायित्व र विश्वसनीयता सुनिश्चित गर्दै गाडीलाई अझ भरोसायोग्य बनाउँछन्।
रिडारा आरडीसिक्स इकोन अब देशभर रहेका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध छ। यो गाडी उच्च प्रदर्शन, दिगोपन र भरपर्दोपन खोज्ने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा कम्पनीको छ।
