बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अनलाइनमार्फत ९० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २० २०८२
अनलाइनमार्फत ९० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

आकर्षक तलब सुविधामा जापान पठाइदिने भनी चार जना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाइ, विभिन्न बैंक खातामा पटकपटक गरी ९० लाख जम्मा गर्न लगाइ ठगी गरिएको हो।

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी ९० लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका-६ घर भइ हाल कास्की पोखरा महानगरपालिका-१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

'सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब सुविधामा जापान पठाइदिने भनी चार जना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाइ, विभिन्न बैंक खातामा पटकपटक गरी ९० लाख जम्मा गर्न लगाइ ठगी गर्ने कार्यमा संलग्न निज गुरुङलाई पक्राउ गरिएको हो' उनले भने।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी बिहीबार ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।


प्रकाशित : शुक्रबार, चैत २० २०८२११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend