काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। बुधबार भने सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ चार हजार ७ सय र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
