तनहुँ- डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी-तुरतुरे खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ।
भानु नगरपालिका-३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक ८ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सडक बन्द हुनेछ। उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ। रासस