बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २० २०८२
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

महासचिवमा शिवहरी घिमिरे निर्वाचित भएका हुन्। महासंघमा प्रदेश अनुसार उपाध्यक्ष निर्वाचित हुने व्यवस्था छ।

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भउका छन्। बिहिबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन्। 

निवर्तमान अध्यक्ष रविसिंहको साथ रहेका आङदोर्जी लामालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन्। पाण्डेले ५१४ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ। 

पाण्डे यसअघि नै महासंघको वरिष्ठ उपाध्यक्ष थिए। मुलुककै ठूलो निर्माण कम्पनी मानिने कालिका कन्स्ट्रक्सनका पाण्डे अध्यक्ष निर्वाचित भएपछि उनले निर्माण क्षेत्रको हकहितका लागि लागिपर्ने बताएका छन्। 

महासचिवमा शिवहरी घिमिरे निर्वाचित भएका हुन्। महासंघमा प्रदेश अनुसार उपाध्यक्ष निर्वाचित हुने व्यवस्था छ।  

 


प्रकाशित : शुक्रबार, चैत २० २०८२०६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend