बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एलजीको नयाँ वर्ष अभियान : ४१ प्रतिशत क्यासब्याक, आकर्षक उपहार र ईएमआई

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १९ २०८२
एलजीको नयाँ वर्ष अभियान : ४१ प्रतिशत क्यासब्याक, आकर्षक उपहार र ईएमआई

काठमाडौं- नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै एलजीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा 'दिस न्यू इयर, डिजाइन योर ड्रिम होम' नामक अभियान घोषणा गरेको छ।अभियानअन्तर्गत नेपालभरका ग्राहकले एलजीका घरेलु उपकरणमा ४१ प्रतिशतसम्म छुट, निश्चित उपहार तथा आकर्षक क्यासब्याक अफर प्राप्त गर्न सक्ने छन्।

नयाँ वर्षसँगै नयाँ लक्ष्य र आकांक्षा लिएर अघि बढिरहेका ग्राहकलाई स्मार्ट र आरामदायी घर निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। अभियानमार्फत एलजीका आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक जीवनलाई सहज बनाउने विभिन्न घरेलु उपकरणलाई प्राथमिकतामा राखिएको छ।

अफरअन्तर्गत टीभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, ३०८ लिटरसम्मको सिंगल डोर र डबल डोर फ्रिजको खरिदमा ४१ प्रतिशत क्यासब्याक पाउन सकिने छ।

फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक डिटर्जेन्ट, टप लोड वासिङ मेसिनको खरिदमा २ केजी एरियल डिटर्जेन्ट, ट्विन टब वासिङ मेसिनको खरिदमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क पाइनेछ।

यस्तै डिसवासरको खरिदमा २ प्याक वासिङ ट्याब्लेट, ३४० लिटर वा सोभन्दा माथिको साइड-बाइ-साइड र डबल डोर फ्रिजको खरिदमा मिक्सर, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा इन्स्टलेसन सेवा निःशुल्क उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

यो अफर सीमित समयका लागि नेपालभर रहेका एलजीका आधिकारिक शोरुम तथा खुद्रा पसलमा उपलब्ध हुनेछ। ग्राहकले नजिकको सोरुममा गइ नयाँ वर्ष अफरको लाभ लिन सक्नेछन्। 'डिजाइन योर ड्रिम होम' अभियानमा शून्य प्रतिशत ईएमआई सुविधा पनि छ।


प्रकाशित : बिहीबार , चैत १९ २०८२१७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend