काठमाडौं- नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा 'एक्स्पिरियन्स लाइफ विथ सीजी' नामक अभियान सार्वजनिक गरेको छ। आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता घरायसी उपकरणको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यस योजनामा ग्राहकलाई अधिकतम ५६ हजार रुपैयाँसम्मको क्यासब्याक सुविधा उपलब्ध छ।
साथै वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडानको आकर्षक सुविधा समेत प्रदान गरिएको छ।
ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले योजनामा ‘सीजी इलेक्स ईएमआई’ सुविधा पनि समावेश गरिएको छ। यसअन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्।
यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटमा लागू भइसकेको छ। योजना र उत्पादनबारे थप जानकारीका लागि सीजी केयरका टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।
