बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

भारत सरकारको अनुदानमा नेपालमा ४७ करोड ३० लाख रुपैयाँ लागतका ७ वटा परियोजना अघि बढाइने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १९ २०८२
भारत सरकारको अनुदानमा नेपालमा ४७ करोड ३० लाख रुपैयाँ लागतका ७ वटा परियोजना अघि बढाइने

काठमाडौंस्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल सरकारका परियोजना कार्यान्वयन निकायबीच सम्पन्न सम्झौताअनुसार कुल ४७ करोड ३० लाख रुपैयाँ रुपैयाँ लागतका परियोजना अघि बढाइने भएका हुन्।

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कार्यान्वयन हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि आज समझदारीपत्रमा हस्ताक्षर भएको छ।

काठमाडौंस्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल सरकारका परियोजना कार्यान्वयन निकायबीच सम्पन्न सम्झौताअनुसार कुल ४७ करोड ३० लाख रुपैयाँ रुपैयाँ लागतका परियोजना अघि बढाइने भएका हुन्।

सम्झौताअनुसार गण्डकी प्रदेशको नवलपुर र तेह्रथुम जिल्लामा कोल्ड स्टोर निर्माण, मुस्ताङमा विद्यालय भवन, छात्रावास तथा क्यान्टिन निर्माण, कैलालीमा प्राथमिक विद्यालय भवन, रौतहटमा बर्थिङ सेन्टर, डोल्पा र बाँकेमा माध्यमिक विद्यालय भवन निर्माण गरिनेछ। यी सबै परियोजना  स्थानीय तह (नगरपालिका तथा गाउँपालिका) मार्फत कार्यान्वयन गरिने जनाइएको छ।

india 2.jpg

सन् २००३ यता भारत सरकारले नेपालमा यस्ता कुल ५९८ वटा परियोजना अघि बढाएको जनाएको छ, जसमध्ये ५०६ वटा परियोजना स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाइ, सडक तथा सार्वजनिक पूर्वाधार क्षेत्रमा सम्पन्न भइसकेका छन्। बाँकी परियोजना विभिन्न चरणमा कार्यान्वयनमा छन्।

नेपालका सातै प्रदेशमा फैलिएका यस्ता परियोजनाले स्थानीयस्तरमा पूर्वाधार विकास र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच बहुआयामिक सहकार्य रहँदै आएको सन्दर्भमा यस्ता परियोजनाले नेपालको विकास प्रयासलाई थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित : बिहीबार , चैत १९ २०८२१६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend