बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १९ २०८२
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

प्रहरीले आज सुर्खेत वीरेन्द्रनगरपालिका-७ ईत्रामस्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट १० महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए।

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ।

प्रहरीले आज सुर्खेत वीरेन्द्रनगरपालिका-७ ईत्रामस्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट १० महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए।

यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मी शाही, ३४ वर्षीय पार्वती योगी, वडा नं ५ बस्ने ३५ वर्षीय पवित्रा न्यापाने, वडा नं ६ बस्ने २३ वर्षीय सम्झना योगी, ३८ वर्षीय निर्मला योगी, वडा नं ११ बस्ने १८ वर्षीय रोशनी शाही, २० वर्षीय गीता सुनार, ३१ वर्षीय दुर्गा शाही र ३२ वर्षीय रोशमी तिवारी र वडा नं १२ बस्ने २५ वर्षीय कुसुम बुढाक्षेत्री छन्।

मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ प्रगतिशील टोलका ३६ वर्षीय दीपकबहादुर विक, वडा नं ३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, ३३ वर्षीय प्रदीप खड्का, वडा नं ५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वडा नं १० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र सुर्खेत लेकवेशी नगरपालिका-३ का ३७ रमेश दमाई छन्।

उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण र जग्गा नामसारी तथा भू-सेवाका कार्य गरिदिन्छु भनि रकम लिइ बिचौलियाको काम गरिरहेको सूचनाका आधारमा जिप्रका सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित : बिहीबार , चैत १९ २०८२१५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend