काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ।
भट्ट काठमाडौंको गैह्रीधाराबाट पक्राउ परेको सीआईबी स्रोतले जनाएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको थियो।
सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानमा भट्टलाई अध्यागमनको कालोसूचीमा राखेर उनको पासपोर्ट रोक्का गरेको थियो।