काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षको पूर्वसन्ध्यामा 'हुन्डाईसँग शुभयात्रा २०८३' अफर घोषणा गरेको छ। आगामी नयाँ वर्ष हुन्डाईसँग सुरु गर्न चाहने ग्राहकका लागि यस अफरमा आकर्षक सुविधा छन्।
अफरअन्तर्गत ग्राहकले छनोट गरिएका हुन्डाई मोडेलमा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्ने छन्। साथै एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर तथा मूल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ।
अफरलाई अझ आकर्षक बनाउँदै हुन्डाईले आफ्ना भरपर्दा बिक्रीपछिका सेवा पनि निरन्तर दिँदै आएको छ। यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी समावेश छ।
हुन्डाई नेपालले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्यु जस्ता लोकप्रिय मोडेल नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्द्धन र औद्योगिक विकासमा योगदान पुर्याइरहेको छ।
लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ।
