बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

माटोमा प्रांगारिक पदार्थको मात्रा घट्दो, किसानलाई माटो परीक्षण गर्न आह्वान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १९ २०८२
माटोमा प्रांगारिक पदार्थको मात्रा घट्दो, किसानलाई माटो परीक्षण गर्न आह्वान

गतवर्ष नेपालको माटोमा औषत २.७७ प्रतिशत प्रांगारिक पदार्थ पाइएको विभागले जनाएको छ। नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको जनाइएको छ।

काठमाडौं- कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्रांगारिक पदार्थको मात्रा कम पाइएपछि माटो परीक्षणका लागि किसानलाई आह्वान गरेको हो।

माटोमा औषत २.५९ प्रतिशत प्रांगारिक पदार्थ पाइएको छ। किसानलाई नजिकका कार्यालयमा प्राविधिकको सल्लाह लिएर गुणस्तर वृद्धि गर्न भनिएको छ।

विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्रांगारिक पदार्थको मात्रा कम छ। गत वर्ष ३६.९ प्रतिशत माटोमा प्रांगारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मात्रामा प्रांगारिक पदार्थ पाइएको थियो।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय माटोले सहयोग पुग्ने बताउँदै करिब ३७ प्रतिशत माटोमा प्रांगारिक पदार्थ कम ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको जानकारी दिए।

पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको छ। गत वर्ष करिब ५३ प्रतिशत माटो अम्लीय, करिब ३३ प्रतिशत माटो तटस्थ र करिब १४ प्रतिशत माटो क्षरीय प्रकृतिको पाइएको थियो।

गतवर्ष नेपालको माटोमा औषत २.७७ प्रतिशत प्रांगारिक पदार्थ पाइएको विभागले जनाएको छ। नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको जनाइएको छ।


प्रकाशित : बिहीबार , चैत १९ २०८२१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend