बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

काठमाडौंबाट बाहिरिने यात्रुलाई दु:ख दिएको भन्दै ४८ जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १९ २०८२
काठमाडौंबाट बाहिरिने यात्रुलाई दु:ख दिएको भन्दै ४८ जना पक्राउ

टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिइ अभद्र व्यवहार गरेको।

काठमाडौं- काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक दु:ख दिएको भन्दै ४८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बसपार्क, कलंकी र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो।

ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिइ अभद्र व्यवहार गर्ने व्यक्तिलाई बुधबार पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कबाट पाँच, कलंकीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।


प्रकाशित : बिहीबार , चैत १९ २०८२१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend