बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं- नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य ५ अर्ब रुपैयाँ भएको ५ करोड कित्ता सेयरको यही चैत १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो।

धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुने छ। साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था छ।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो। उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भइ बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।


प्रकाशित : बुधबार, चैत १८ २०८२१७:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend