बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

वीरगञ्ज हुँदै ७ महिनामा २३ अर्ब ५७ करोड रुपैयाँको सवारीसाधन र पार्टपुजा भित्रियो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
वीरगञ्ज हुँदै ७ महिनामा २३ अर्ब ५७ करोड रुपैयाँको सवारीसाधन र पार्टपुजा भित्रियो

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात ६ अर्ब ४२ करोड रुपैयाँले बढी हो।

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड रुपैयाँको सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन्। गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात ६ अर्ब ४२ करोड रुपैयाँले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ। भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड रुपैयाँको सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

चालु आवको सात महिनामा १ अर्ब १६ करोड १३ लाख रुपैयाँको ६ सय ९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ। ती सवारीसाधन आयात हुँदा २ अर्ब ८६ करोड रुपैयाँराजस्व संकलन भएको छ।

गत आवको सात महिनामा भने १ अर्ब ५० करोड रुपैयाँको ७ सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : बुधबार, चैत १८ २०८२१३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend