बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति?

बुधबार, चैत १८ २०८२
हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति?

योसँगै माउन्टेन उडानको भाडा ४ हजार २ सय २५ सय रुपैयाँले बढेको छ। यसैगरी काठमाडौं-धनगढीको ५ हजार ४ सय ८० रुपैयाँ हवाई भाडा बढ्ने भएको छ।

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडामा 'इन्धन चार्ज' शुल्क बढाएका छन्।

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धन प्रतिलिटर १ सय २४ रुपैयाँले बढाउँदै प्रतिलिटर २ सय ५१ रुपैयाँ बनाएको थियो। इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरूको सहकार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन चार्ज शुल्क बढाएको छ।

योसँगै माउन्टेन उडानको भाडा ४ हजार २ सय २५ रुपैयाँले बढेको छ। यसैगरी काठमाडौं-धनगढीको ५ हजार ४ सय ८० रुपैयाँ हवाई भाडा बढ्ने भएको छ।

काठमाडौं-भद्रपुरको ३ हजार ७ सय २५, काठमाडौं-विराटनगरको २ हजार ९ सय ८०, काठमाडौं-सिमरा १ हजार १ सय २०, काठमाडौं-राजविराज २ हजार ५ सय ४०, काठमाडौं-जनकपुर १ हजार ६ सय, काठमाडौं-तुम्लिङटार २ हजार २ सय ९०, काठमाडौं-चितवन १ हजार ३ सय ३०, काठमाडौं-भैरहवा २ हजार ५ सय ५५, काठमाडौं-नेपालगञ्ज ४ हजार ४५, काठमाडौं-सुर्खेत ४ हजार २ सय ८५ र काठमाडौं-पोखराको भाडा १ हजार ९ सय ७० रुपैयाँ भाडा बढ्ने भएको छ।

bhada.jpg
shulka.jpg


प्रकाशित : बुधबार, चैत १८ २०८२१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend